दलहरुबीच सहमति जुटाउन,आजको राष्ट्रियसभा बैठक सूचना टाँस गरी स्थगित

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३, २०७५

काठमाडौँ, ३ जेठ । राष्ट्रियसभाको आजको बैठक सूचना टाँच गरी स्थगित भएको छ ।

प्रतिनिधिसभा-राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।

राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ ।