“जिन्को”को रुख रोप्दै ओली र प्रचण्डले भने : अब हाम्रो एकता अणुवम भन्दा खतरनाक र बलियो हुन्छ

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३, २०७५

oli-prachanda -akhabardainik

काठमाण्डौ । (नेकपा एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टीबिच आज हुन लागेको एकता अणुवम भन्दा पनि बलियो र खतरनाक हुन लागेको बताएका छन् । वल्खुस्थित स्वर्गीय जननेता मदन भण्डारीको शालिकमा उभिएर दुवै नेताले यस्तो बताएका हुन् ।

विभिन्न साना साना तत्वहरु मिसिएर खतरनाक अणुबम बन्ने भन्दै ओलीले भने अब नेपाल कम्युनिष्ट पार्टी त्यस्तै साना साना सम्मिश्रण भएर ठुलो अणुवम बन्ने बताए । त्यसपछी पार्टी एकताको संयोजन समिति बैठकका लागि बालुवाटार पुगेका नेताहरुले संयुक्त रुपमा जिन्को नामक जापानी विरुवा रोपेका थिए । यो जिन्को नामक विरुवा अणुवमहरुले पनि ध्वस्त गर्न नसक्ने हुन्छ । त्यही प्रसंगलाई जोड्दै अध्यक्ष एवम् अन्य नेताहरुले पनि जिन्कोमा पानी हालेर पार्टी एकता अणुवमले पनि ध्वस्त नगर्ने गरी बलियो बनाउने प्रतिवद्धता व्यक्त गरे ।

केही दिनअघि माओवादीले ५०–५० को माग गरेपछि विवाद पनि भएको थियो । तर, नयाँ सहमतिअनुसार केन्द्रीय कमिटीमा माओवादीले ४५ प्रतिशत पाएको छ । साथै पोलिटब्यूरो भने तत्काल नबन्ने भएको छ । स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति जुटेको छ । एमालेबाट २५ जना हुनेछन् भने माओवादीबाट १८ जना रहने  नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले  जानकारी दिए । साथै आज दिउँसो ४ बजे राष्ट्रियसभा गृहमा एकता घोषणा गरिने पनि ज्ञवालीले जानकारी दिएका छन्  ।