दील्ली डेयर डेभिल्सको प्रश्न : भोलीको खेलमा सन्दीपले कति विकेट लिन सक्लान ?

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३, २०७५

sandip-akhabardainik

काठमाडौ । दील्ली डेयर डेभिल्सले अब दुई वटा खेल खेल्न बाकि छ । भोली दील्लीले चेन्नई सुपुरकिंस सँग खेल्ने छ । भोलीको खेलमा सन्दीपले कति विकेट लिन्छन् भनेर यतिबेला सबैलाई आम चासोको कुरा बनेको छ । तर यहि समयमा दील्लीले एउटा तस्बिर सार्वजनिक गरेको छ,जसमा लेखीएको छ आफ्नो राम्रो भविष्य बनाई राख्न गेंदबाजी सन्दीपले भोली हुने खेलमा कति विकेट लिन सक्छन् त ? भनेर प्रश्न गरेका छन् ।

१२ “मे” मा भएको खेलमा दील्ली को फिचोज शाह कोटलामा रोयल च्यालेंजर्स बैंगलोर को विपक्षमा खेल्दा सन्दीपले ४ ओभरमा जम्मा २५ रन खर्च गर्दे एक विकेट लिएका थिए ।

आइपीएलमा बाट बाहिरी सकेको दील्लीले अब बाकी दुई खेल खेल्न बाकी छ । अब दील्लीले बाकी खेलमा आफ्नो राम्रो प्रर्दशन देखाउन मात्र बाकी छ । दील्लीले भोली चेन्नई सुपरकिंस सँग म्याच खेल्ने छ । आइपीएलको अन्तीम म्याच भने दील्लीको मुम्बई सँग छ । मुम्बई सँग दील्लीले आइतबार खेल्नेछ ।