एमाले-माअाेवादीले बनायो ९ सदस्यीय हाइकमाण्ड, कुन नेतालाई के जिम्मेवारी ?

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३, २०७५

कपीराइड तस्बिर

काठमाडाैँ । एमाले माअाेवादीकाे पार्टी एकतापछि  पार्टी सञ्चालनमा निर्णायक हुने गरी  ९ सदस्यीय हाइकमाण्ड गठन भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड बनाउने निर्णय गरेकाे हाे ।

हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

४४१ सदस्यीय केन्द्रीय कमिटी

कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।

हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहने बताइएकाे छ । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछ स्राेतले बताइएकाे छ  । एमाले र माअाेवादी केन्द्रले अाजै एकिकृत पार्टीकाे घाेषणा गर्ने तयारी गरिरहेका छन् ।  प्राप्त  जानकारी अनुसार उक्त हाइकमाण्ड संगठनकाे जिम्मेवारी विष्णु पौडेल महासचिव र नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने तयारी छ ।