बैंकको पहुँचमा सबै नागरिक पुग्नुपर्नेमा जोड

प्रकाशित मिति : : शुक्रबार, जेष्ठ ४, २०७५

इनरुवा, ४ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर चिन्तामणि सिवाकोटीले बैंकको पहुँचमा सबै नागरिक पुग्नुपर्नेमा जोड दिएका छन्।

सुनसरीको दुहबी नगरपालिकामा बिहीबार फरवार्ड कम्युनिष्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, दुहबीको पाँचौँ वार्षिक उत्सव कार्यक्रममा बोल्नुहँुदै सिवाकोटीले सो कुरा बताए ।

बैंकमा बचत र ऋणको कारोबारसँगै पूँजीको समेत सुरक्षा हुने भएकाले बैंकमा सबैको पहँुच हुनु आवश्यक रहेको उनले बताए । उनले फरवार्ड कम्युनिष्टले समाजमा पु¥याएको योगदानको प्रशंसा गर्नुहँुदै सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय संस्थाले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गरे ।

उनले बैैंक र बित्तीय संस्थाको पहुँचले नै नागरिकमा सार्थक सन्देश जाने र पहुँचसमेत बढ्ने भएकाले बचतमा जोड दिए ।

स्मृति दिवसमा शैक्षिक सामग्री वितरण

यसैबीच, सुनसरी सदरमुकाम इनरुवा–३, सखुवागाछीमा २५ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा अपांगता भएका २० जना बालबालिकालाई बिहीबार शैक्षिक सामग्री वितरण गरेको छ ।

रामधुनी नगरपालिका–८ नम्बर वडा कार्यालयको सहयोग र नेकपा (एमाले) ३ नम्बर वडा कमिटी, इनरुवाको आयोजनामा २० जना अपांगता भएका बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको हो ।

इनरुवा–६ मा रहेको जनता मावि, मधेशामा अध्ययनरत बौद्धिक अपांगता भएका १० जना र सुस्तश्रवण भएका १० जना गरी जम्मा २० जना फरक क्षमता भएका बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको आयोजक संस्थाका कालुराम गुरुङले जानकारी दिए ।

बालबालिकालाई अध्ययन अध्यापन गर्नका लागि सहज होस् भने उद्देश्यले फरक क्षमता भएका बालबालिकालाई शैक्षिक सामग्री र पोशाक दिएको विद्यालयका स्रोत शिक्षक चिरञ्जीवी रेग्मीले जानकारी दिए ।

दिवसको अवसरमा साहित्यकार प्राज्ञ उपेन्द्र पागललाई समेत सम्मान गरिएकोे छ । साहित्यको माध्यमबाट ठूलो योगदान गरेको भन्दै साहित्यकार पागललाई सम्मान गरेको स्थानीय राजन निरौलाले जानकारी दिए ।

उहाँलाई सम्मानपत्र, दोसल्ला र फूलमाला अबीर लगाएर सम्मान गरिएको हो । त्यसैगरी, दिवसको अवसरमा सरसफाइसमेत गरिएको छ । इनरुवा–३ सखुवागाछीमा सरसफाइ गरिएको र खेलकूद प्रतियोगितासमेत सम्पन्न गरेको आयोजकले जनाएका छन् ।