दिल्लीले आज चेन्नई सुपर किंग्सको सामना गर्ने, सन्दीपको प्रदर्शन कस्तो रहला ?

प्रकाशित मिति : : शुक्रबार, जेष्ठ ४, २०७५

delli team -sandip-akhabardainik

काठमाडौँ,जेठ ४ । दिल्लीको फिरोजशाह कोटलामा आज दील्ली डेयर डेविल्सले चेन्नई सुपर किंग्सको सामना गर्ने छ । आज दील्लीले आफ्नो सम्मानका लागि बचेको लडाई लडेर आफ्नो राम्रो खेलको प्रदर्शन देखाउन चुनौती पाएको छ । तर आजको खेल चेन्नईले जिते प्ले -अफमा मजबुद हुनेछ ।

अहिले सम्म दील्लीको टिमले १२ म्याचमा जम्मा ३ म्याच मात्र जित्न सफल भएको छ,। तर चेन्नईले भने १२ म्याचमा ८ म्याच जीतेर दोस्रो स्थानमा छ । यस म्याचमा दील्लीले हारेपनि केही बाकि रहन्न, चेन्नईलाइ हराएर पनि प्ले अफको टार्गेटमा पनि केहि अन्तर ल्याउने छैन । यो म्याच दिल्लीको लागी आफ्नो राम्रो प्रदर्शन देखाउने म्याच रहने छ । जसको लागी दील्लीका खेलाडीले आज आफ्नो क्षमता अनुसार प्रदर्शन देखाउन चाहनेछन् ।

सन्दीपको प्रदर्शन कस्तो रहला ?

दील्लीका गेंजवाद खेलाडीको नाम पाएका सन्दीप लामिछाने ले १२ मे मा भएको खेलमा राम्रो पदर्शन गरेका थिए । उनले १२ “मे” मा भएको खेलमा दील्ली को फिचोज शाह कोटलामा रोयल च्यालेंजर्स बैंगलोर को विपक्षमा खेल्दा सन्दीपले ४ ओभरमा जम्मा २५ रन खर्च गर्दे एक विकेट लिएका थिए । आज राती नेपाली समय अनुसार ८ : १५ मा चेन्नई विरुद्ध हुने खेलमा सन्दीपले कस्तो प्रदर्शन देखाउलान भन्ने सबै को मनमा खुलदुली भएको छ, ।

यस्तो छ दिल्ली डेयरडेविल्स टीमस्

श्रेयस अय्यर (कप्तान) , गौतम गंभीर, ऋषभ पंत, ग्लेन मैक्सवेल, जेसन रॉय, कॉलिन मुनरो, नमन ओझा, पृथ्वी शॉ, गुरकीरत मान, मनजोत कालरा, गौतम गंभीर, अमित मिश्रा, मोहम्मद शमी, ट्रेंट बोल्ट, लियाम प्लंकेट, शहबाज़ नदीम, आवेश ख़ान, संदीप लामिछाने, हर्षल पटेल, सायन घोष, जयंत यादव, विजय शंकर, अभिषेक शर्मा, राहुल तेवतिया, डेनियल क्रिश्चियन र जूनियर डाला रहेका छन् ।