यसकारण विराट कोहलीले गरे दारी काट्न अस्विकार !

प्रकाशित मिति : : शुक्रबार, जेष्ठ ४, २०७५

birat koholi -akhabardainik

काठमाडौ । भारतीय कप्तान विराट कोहलीले बेलाबखतमा हरेक नयाँ सल्लाह आइरहन्छन् । हालचालै उनलाई चाहने र धेरै मानीसले कोहलीलाई दारी काट्नलाई सुझाव दिइरहेका छन् । तर कोहीले सीधै त्यो कुरालाई खारेज गरेका छन् ।

कोहलीले पछिल्लो धेरै समय देखि दारी राख्दै आएका छन्,उनको यो स्टाइल यस्तो लोकप्रिय बनेको छ कि,अहिले हर तेस्रो र चौथो युवाहरु कोहली जस्तै दारी राख्न थालेका छन् । सर्बत्र बजारमा अहिले कोहलीको जस्तै दारी देख्न सकिन्छ ।

विराट कोहलीको दारीको सबैमा यस्तो असर भयो कि भारतीय खेलाडीका पुरै घरेलु टोलीले दारी राखेका थिए । तर कोहलीले दारी राख्न हौसला दिए । त्यसपछी यस्तो भयो कि सबै खेलाडीले नयाँ नयाँ स्टाइलमा दारी राख्न थाले । अहिले सुरेश रैनाले पनि नयाँ स्टाइलमा दारी राख्न थालेका छन् ।

अहिले धेरै ले उनलाई दारी काट्न सुझाव दिएपनि उनले सिधै त्यो कुरालाई अस्विकार गरेका छन् । उनले भनेका छन् म आफ्नो फैसलाबाट पछि हट्दिन । उनले यो कुरालाई सीधै नकारेका छन् । उनले इंडिया टिभिको अन्तरवार्तामा भनेका छन्, म दारी कुनै हालतमा काट्दीन किनकि दारी मलाई एकदमै फाप्छ र मलाई यो स्टाइलको दारी धेरै मन पनि पर्छ ।