विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

प्रकाशित मिति : : शुक्रबार, जेष्ठ ४, २०७५

काठमाडौँ, ४ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि सांसद कृष्णभक्त पोखरेलले आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ७ गते १५ः३० बजे बस्नेछ ।