सरकारले ल्याएको नीति तथा कार्यक्रममा संविधान संशोधनको बिषय नआएकोमा राजपा र फोरमद्वारा असन्तुष्टि व्यक्त

प्रकाशित मिति : : मङ्लबार, जेष्ठ ८, २०७५

mahanta-thakur-upendra

काठमाडौँ । सरकारले ल्याएको नीति तथा कार्यक्रममा संविधान संशोधनको प्रसंग नआएकोमा सरकारलाई समर्थन गरेका दुई दल राजपा र फोरमले असन्तुष्टि जनाएका छन् । संघीय समाजवादी फोरमले संविधान संशोधनबाट पछि नहट्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै, राजपाका नेता राजेन्द्र महतोले नीति तथा कार्यक्रम राम्रो भएपनि असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधनको प्रसंग नउठाइएकोमा रिस प्रकट गरेका छन् । नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समेत संविधान संशोधनको प्रसंग नउठाइएकोमा असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने नीति तथा कार्यक्रममा संविधान संशोधनको प्रसंग एक वर्षिय कार्यक्रम नभएका कारण उल्लेख नगरिएको स्पस्ट परेका छन् ।