जिल्ला अदालत मोरङमा गोरेको यस्तो बयान

प्रकाशित मिति : : बुधबार, जेष्ठ ९, २०७५

gore mask/akhabardainik

मोरङ । जिल्ला अदालत, मोरङले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’को बयान सुरु भएको छ । हिजो दिउँसो गोरेको बयान लिईएको थियो ।

अहिले न्यायाधीश नारायण शर्माको इजलासमा गोरेले बयान दिइरहेको अदालतले जनाएको छ । बयान कार्य सकिएपछि गोरेमाथि थुनछेक बहस सुरु हुनेछ। गोरे मंगलबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ परेका थिए । गोरेले बयानमा भनेका छन् – ‘मेरा बारेमात्र धेरै कुरा आए। मलाई मुख्य मान्छे भनिएको छ, म नै ठुलो मान्छे होइन, मभन्दा माथि काम गर्ने अरू पनि छन्। उनीहरूको बारेमा पनि खोल्नु पर्छ।’

गोरेले बयानको प्रारम्भिक चरणमा नै एसएसपी श्याम खत्रीलाई पोलेका छन् । गोरेका अनुसार एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो कनेक्सस खुल्ने बताएका छन् । सुनकाण्डमा एसएसपी श्याम खत्रीको संलग्नता देखिएपछि छानबिन समितिले वैशाख पहिलो साता बयानका लागि पत्र काटेको थियो । तर, बयानका लागि नगएका उनी फरार छन् ।