ट्रम्पलाई किम जोङले धोका दिँदै, इरानले गर्यो यस्तो खुलासा…

प्रकाशित मिति : : बुधबार, जेष्ठ ३०, २०७५

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार उत्तर कोरियाली नेता किम जोङ उनसँग गरेको सम्झौता केही घण्टाभित्रै तोड्न सक्ने जनाएको छ ।

‘उत्तर कोरियाली नेताले कस्तो व्यक्तिसँग वार्ता गरिरहेका छन्, हामीलाई थाहा छैन । घर फर्किनुअघि नै उनले त्यो सम्झौता तोड्न सक्छन्,’ इरान सरकारका प्रवक्ता बागर नोबाख्तले भनेका छन् ।

ट्रम्पले हालै सन् २०१५ मा इरानसँग भएको बहुपक्षीय आणविक सम्झौताबाट बाहिरिने घोषणा गरेका थिए । यसबाट इरानमात्र होइन सम्झौताका अन्य पक्षहरु पनि क्रुद्ध बनेका थिए ।

इरानले यो सम्झौता जीवित राख्न चीन, रुस, फ्रान्स, बेलायतलगायतका राष्ट्रसँग काम गरिरहेको छ ।एजेन्सी ।