सरकारी गाडीमा आगो लगाउने हामी नै हो, अब प्रधानमन्त्री ओलीलाई बालुवाटारमै घेर्नेछौ : कुन्दन काफ्ले

प्रकाशित मिति : : बुधबार, जेष्ठ ३०, २०७५

काठमाडौ,जेठ ३० । नेपाल विद्यार्थी संघ नेविसंघका महामन्त्री कुन्दन काफ्लेले  काठमाडौंको शंखमुलस्थित यूएनपार्क छेऊमा केहि दिन अघि सरकारी गाडी आफैले जलाएको बताएका छन् । अनलाइन टिभिमा अन्तरवार्ता दिदै काफ्लेले यस्तो बताएका हुन् ।

अहिले ७ प्रदेश मध्य ६ प्रदेशमा नेकपाकै सरकार छ । तर अहिले नेवि संघले सरकारलाई चुनैती दिदै आएका छन् । सरकारले बारम्बार पेट्रलियम पदार्थको भाउ बढाएको र सरकार निरङ्कुस प्रणाली तिर गएको भन्दै सरकारलाई त्यो बाटेमा जान नदिन आफुहरुले यस्तो कदम चालेको काफ्लेले बताए ।

उनले त्यस ¥यालीका दिन कलेज सैक्षिक सस्था अगाडी सरकारी नम्बर प्लेटका गाडी चलाउन नदिने कार्यक्रम थियो तर त्यो गुड्न नदिने कार्यक्रमलाई उहाहरुले उलङ्घन गर्नु भयो । त्यो उलङ्घन अन्तर्गत गाडी जलाउने कार्यक्रम नेपाल विधार्थी संघले गरेको काम हो । यसमा नेपाल विधार्थी संघले जीम्मा लिन्छ काफ्लेले भने । उनले आन्दोलनको क्रममा यस्तो भएको समेत दावी गरे ।

फरक प्रसंगमा उनले भने हामीले कलेजमा विभिन्न ठाउमा नभएर अब यो सरकारलाई बालुवाटार र नारायणहिटी घेनुपर्छ,टोडफोड मात्र होइन सम्पुर्ण रुपले हत्कण्ड अपनाएर सरकारलाई जनताको कुरा सुन्ने बनाउनुपर्छ । र यो हाम्रो दायीत्व पनि हो काफ्लेले भने ।

पुरा विवरणका लागि हेरुम भिडियो :