गृहमन्त्रालयको आदेश पश्चात हरेक ट्याक्सीको छतमा पहेलो कलर

प्रकाशित मिति : : बुधबार, जेष्ठ ३०, २०७५

काठमाडौ,जेठ ३० । काठमाडौ महानगरभीत्र अहिले हरेक ट्याक्सीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’लले छतमा रङ लाउन निर्देशन दिएको छन् । अहिले महानगरभीत्र प्राय सबै ट्याक्सी डाइभरहरुले धमाधम आफ्नो ट्याक्सीको छतमा पहेलो कलर लाउन थालेका छन् ।

गृहमन्त्रालयले केहि दिन अघि हरेक ट्याक्सीले रङ लगाउने पर्ने नियम ल्याएको छ । प्राइबेट गाडी हो कि ट्याक्सी हो भनेर आमसर्बसाधरणले चिन्न नै गारो हुन थालेपछि सरकारले यो नियम ल्याएको हो ।

महानगर भीत्र अहिले धेरै प्रकारका ट्याक्सी छन्, कुनै त चिन्न नै नसकिने खालका पनि ट्याक्सी छन्, जसका कारण ट्याक्सी हो कि प्राइबेट कार हो भनेर चिन्न नै गारो भएपछि सरकारले सर्बसाधरणको सजिलो को लागि यो नियम ल्याएको हो । अहिले पहेलो कलर नलगाउने ट्यायक्सीलाई ट्राफिक प्रहरीले धमाधम कारबाही गर्न थालेको छ ।

फरक एक प्रसंगमा हामीले ट्याक्सी डाइभरलाई यो टक्सीमा पहेलो कलरको रङ लाउदा के महसुस भएको छ ? भन्ने प्रसंगमा डाइभर अनील लामाले भने यो नियमले हामीलाई पनि सजिलो भएको छ । परैबाट ट्याक्सी आउदै छ भनेर अहिले यो कलर लगाएपछि सबैले चिन्छन् । जसमा हामीलाई पनि फाइदा भएको छ उनले भने । पहिले नजिक नपुगुन्जेल प्राय कमैले चिन्थे कि ट्याक्सी हो भनेर तर अहिले टाडा बाट नै ट्याक्सी आउदै छ भनेर चिनीन्छ । यसलाई सर्बसाधरणलाई अनि हामीलाई पनि सजिलो भएको छ,उनले भने । फरक प्रसंगमा उनले भने,अहिले सबै डाइभर ट्याक्सीमा कलर गर्न जान थालेका छन्, कलर नगरे ट्राफिकले कारबाही गरीहाल्छन् त्यसैले सबै कलर गर्न थालेका छन् ।