रवि लामिछाने दिनेश डिसी को सुझाव : पुलसी र वकिल बन्न नखोज्नुस ! (भिडियो सहित)

प्रकाशित मिति : : बुधबार, जेष्ठ ३०, २०७५

dinesh dc and rabi lamichane

काठमाडौं । नेपाली संचार माध्यममा ‘आवाजको दुनियाँको साथी’ दिनेश डिसी प्रसिद्ध छन्। संचारमध्यम र कला क्षेत्रमा लागेका उनलाई नचिन्ने दर्शकहरु कमै छन्। चलचित्र क्षेत्रमा व्यस्त भएपनि संचार माध्यमबाट हराएका उनी फेरी पनि रेडियो कान्तिपुरबाट संचार माध्यममा फर्किएका छन्।

दिनेश डिसी रेडियो कान्तिपुरमा स्टेसन म्यानेजरको रुपमा आएका छन् । दिनेश डिसीका अनुसार, नयाँ पुस्ता र नयाँ प्रविधि अनुसार कार्यक्रम र शैली नयाँ आउनुपर्छ। त्यस्तै, रेडियो कार्यक्रम संचालकहरु या त आफूलाई अपडेट गर्दै फरकपन ल्याउन सक्नुपर्छ या संचालकहरु नै नयाँ आउनुपर्छ।

दिनेश डिसी लोकप्रिय टेलिभिजन कार्यक्रम संचालक रवि लामिछानेलाई पुलिस वा वकिल नबन्न सल्लाह दिएका छन्  । उनी भन्छन्, ‘रवि लामिछानेले अपराधिलाई नङ्गाएका छन्, खोजमुलक पत्रकारिता गरेका छन् । त्यो राम्रो हो । तर कहिलेकाहीं उनी पुलसी वा वकिल बन्न खोज्छन्। त्यो काम पत्रकारिता भित्र पर्दैन’।

हेरुम भिडियो : भिडियो फिल्मी कुरा बाट