मेगा बैंकका ग्राहक वर्गका लागि खुशीको को खबर, यसरी बाढ्दै छ बोनोस शेयर

प्रकाशित मिति : : बुधबार, जेष्ठ ३०, २०७५

काठमाडौं, जेठ ३० । दिनहु ओरालो लागेको शेयर बजारमा मेगा बैंक लिमिटेडले भने ग्राहक वर्गलाई बोनोस शेयर बढ्ने भएको छ ।गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० दशमलव ७५ प्रतिशतको बोनस दिने निर्यण मेगा बैंकले गरेको हो ।

मेगा बैंक र टुरिजम बैंकको मेर्जेर भएपछि संयुक्त कारोबार भइ जेठ २९ गते बसेको संचालक समितिको बैठकबाट १० दशमलव ७५ प्रतिशत अर्थात ९९ करोड ८६ लाख ९५ हजार १५३ दशमलव १२ रुपैयाँ बोनस शेयर वितरण गर्न बैंकको वार्षिक साधारण सभाबाट पारित गर्ने निर्णय गरेको हो ।