थापाले प्रश्न सोध्दा संच्चारमन्त्रीले नेपाल टेलिभिजनको ‘सिधा प्रश्न’ कार्यक्रम नै बन्द गरिदिए !

प्रकाशित मिति : : बुधबार, जेष्ठ ३०, २०७५

काठमाडौ,जेठ ३० । संच्चारमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिभिजनबाट प्रशारण हुदै आएको सिधा प्रश्न कार्यक्रम बन्द गर्ने आदेश दिएका छन् ।

प्रस्तोता राजु थापाले संच्चालन गर्दे आएको उक्त कार्यक्रम बास्कोटाको निर्देशन पछि नेपाल टेलिभिजनबाट विगत १२ वर्षदेखि नियमित प्रसारणमा आएको सिधा प्रश्न बन्द भएको छ । प्रश्न सोधेरै भरमा कार्यक्रम नै बन्द गर्ने अबस्थामा संचारमन्त्री पुगेका हुन् ।

अहिले यो बिषयमा दुई तिहाइ सरकारले देखाएको दम्भ भएको समेत चर्चा चलेको छ । केही दिन अघि संच्चारमन्त्री बास्कोटा सिधा प्रश्नमा अन्तरवार्ता दिन गएका थिए ।

कार्यक्रम संचालनका क्रममा सञ्चारमन्त्री बाँस्कोटाले झुठ बोलेको रहस्य खुलेपछि उनले कार्यक्रम नै बन्द गरिदिएका हुन् । कार्यक्रम संचालक राजु थापाले मन्त्रीको आदेशमा कार्यक्रम बन्द भएको बताए ।

हेरुम यस्तो थियो अन्तरवार्ता :