डा. बाबुराम भट्टराई भन्छन् : दुई कम्युनिष्ट पार्टी मिलेर डाइनोसर बनेको छ,अब यसको भरोसा हुदैन

प्रकाशित मिति : : बुधबार, जेष्ठ ३०, २०७५

काठमाडौ,जेठ ३० । नयाँ शक्ति पार्टीका संयोजक एवम् पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको एकतालाई डाइनोसरको संज्ञा दिएका छन् ।

आज नयाँ शक्ति पार्टीको स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले दुई कम्युनिष्ट पार्टी मिलेर डाइनसर भएको बताए । अहिले दुई ठुलो पार्टी मिलेर जुन कम्युनिष्ट पार्टी बनेको छ त्यो डाइनासोर जस्तै छ, अब यसको भविष्य हुदैन । ढिलो चाडो केहि वर्ष पछि विस्तारै पतन हुन्छ उनले भने ।

प्रसिद्ध वैज्ञानिक “माक्स प्लान”को भनाइलाई उद्धत्त गर्दे भट्टराईले भने, एउटा वैज्ञानीक सत्य त्यसका विरोधीहरुलाई बनाएर अथवा उनिहरुलाई ज्ञानको ज्योति देखाएर स्थापित हुदैन,। एउटा सत्य कहिल्यै पनि त्यो सत्यका विरोधीहरु एउटा जुन वैज्ञानीक सत्य हुन्छ त्यसका विरोधीलाई मनाएर चेतना भरेर कहिल्यै पनि सत्य स्थापित हुदैन,त्यो विज्ञान कहिलेपनि स्थापित हुदैन उनले भने ।

विज्ञान त्यतिबेला मात्र स्थापित हुन्छ,जब देसका विरोधी र विज्ञानका विरोधीहरुको विनास हुन्छ, । उनले थपे विज्ञानका नियमलाई बुझ्ने र त्यसलाई आत्मसाथ गर्ने नया पुस्ता जन्मीन्छन् उनिहरुले मात्र विज्ञान स्थापीत गर्छन भट्टराईले भने ।

त्यसैले हामीले नयाँ शक्तिको नयाँ वैज्ञानीक बिजारोपण गरेका छौ,। यो कुरा कुनै पुराना शक्क्तिलाई मनाएर,तिनको मन परिवर्तन गरेर नयाँ शक्क्ति बन्दैन, तीनीहरुको बिस्तारै अवशान हुन्छ भट्टराईले भने ।

बिरुवामा पानी हाल्दै डा. बाबुराम भट्टराई