शेखरको आरोप– सर्वोच्च र सरकारको मिलेमतोले शक्ति सन्तुलन खलबलियो

प्रकाशित मिति : : बुधबार, जेष्ठ ३०, २०७५

shekhar koirala

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले अहिलेको सरकार र सर्वोच्च अदालतकाबिच मिलेमतो रहेको आरोप लगाउँदै यसले शक्ति सन्तुलनको सिद्धान्तलाई नै असर पारिरहेको टिप्पणी गरेका छन्।

कोइराला निवास विराटनगरमा स्थानीय सञ्चारकर्मीसित नेता कोइरालाले सर्वोच्चले सर्वस्व हरणसहित जन्मकैद तोकेका व्यक्तिलाई सर्वोच्चले नै कसरी रिहा गर्न सक्छ भन्ने प्रश्न गरे।

यसबाट कार्यपालिका र न्यायपालिकाको मिलेमतो देखिएको र शक्तिसन्तुलनको सिद्धान्तलाई उल्लङ्घन गरिएको उनको धारणा थियो।

शेखरले यस विषयमा नेपाली काङ्ग्रेस संसदमा चुकेको र न्यायपालिका पनि कार्यपालिकाका अगाडि निरीह देखिएको टिप्पणी गरे।

डाक्टर कोइरालाले पार्टीभित्र प्रादेशिक संरचनाको नेतृत्वको निर्वाचन तत्काल गर्न आग्रह गरे।