नक्कली बाबु खडा गरी नागरिकता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

प्रकाशित मिति : : बुधबार, जेष्ठ ३०, २०७५

नक्कली बाबु खडा गरी नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ परेका छन् ।

प्रहरीले कीर्ते गरेको आरोपमा हेलम्बु गाउँपालिका–६, का वडा अध्यक्ष खेतनाथ घिमिरेलाई काठमाडौंबाट पक्राउ परेको हो ।

घिमिरेले मेलम्ची नगरपालिका–९, ज्यामिरेका खुसी तामाङको नक्कली बाबु बनाएर हेलम्बु गाउँपालिका–६, इचोकबाट नागरिकता सिफारिस गरेको उजुरी छ । यही उजुरीका आधारमा प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो ।

आशाराम तामाङलाई नक्कली बाबु खडा गरेर खुसी तामाङलाई स्थानीय वडा अध्यक्ष घिमिरेले नागरिकता सिफारिस दिएको बताइएको छ ।