‘बाजेकाे सेकुवा’ कर्नरकाे ६ शाखामा काराेबार बन्द !

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३१, २०७५

काठमाडाै । ३३ किलो सुन प्रकरणमा शंकास्पद मानिएकाे रेस्टुरेन्ट बाजेको सेकुवा कर्नरमा गृहमन्त्रालयकाे छानबिन समितिले  छापा मारेको छ ।

समितिले  अनामनगर, स्रोहखुट्टे, एयरपोर्ट, सामाखुसीसहित ६ शाखामा छापा मारी  सिलबन्दी गरेको  समितिले जनाएकाे छ । समितिले छापा मारेका सबै सेकुवा कर्नरबाट कागजात नियन्त्रणमा लिँदै  कारोबार रोक्का गरेको छ ।

रेस्टुरेन्टका मालिक चेतन भण्डारी फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर सुन तस्करीमा जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको थियो ।

सुन तस्करीमा संलग्न भएको आरोपमा भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का भइसकेको छ ।