कुन – कुन देशमा हुदै छ सन् २०२६ काे विश्वकप ?

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३१, २०७५

काठमाडाै । सन् २०२६ मा हुने विश्वकप फुटबल संयुक्त रुपमा तीन देशले आयोजना गर्ने भएका छन् । अायाेजनाकाे अगुवाइ अमेरिकाले गर्ने भएकाे छ भने  क्यानडा र मेक्सिकोमा पनि विश्वकप आयोजना हुनेछ ।  तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबी पेश गरेको थियो ।

फिफा कंग्रेसमा भएको मंगलबार भएकाे मतदानमा  अमेरिकी प्रस्तावको पक्षमा १३४ मत परेको थियो भने मोरक्कोले मात्र ६५ भोट पाएकाे थियाे । एक भोट भने दुबैको विपक्षमा परेको थियो ।

सन् २०२६ मा हुने विश्वकपका ८० खेलमध्ये ६० प्रतिशत अमेरिकामा हुनेछ, जसमा क्वार्टरफाइनलदेखि सबै खेल समावेश छन् ।
सन् २०२२ को विश्वकप कतारमा हुनेछ ।एजेन्सी ।