दुई कम्युनिष्ट पार्टी मिलेर डाइनोसर बन्यो : बाबुराम भट्टराई

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३१, २०७५

baburam-bhattarai/akhabrdainik

काठमाडौ,जेठ ३० । नयाँ शक्ति पार्टीका संयोजक एवम् पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको एकतालाई डाइनोसरको संज्ञा दिएका छन् ।

नयाँ शक्ति पार्टीको स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले दुई कम्युनिष्ट पार्टी मिलेर डाइनसर भएको बताए ।

अहिले दुई ठुलो पार्टी मिलेर जुन कम्युनिष्ट पार्टी बनेको छ त्यो डाइनासोर जस्तै छ, अब यसको भविष्य हुदैन । ढिलो चाडो केहि वर्ष पछि विस्तारै पतन हुन्छ उनले भने ।त्यसैले हामीले नयाँ शक्तिको नयाँ वैज्ञानीक बिजारोपण गरेका छौ,। यो कुरा कुनै पुराना शक्क्तिलाई मनाएर,तिनको मन परिवर्तन गरेर नयाँ शक्क्ति बन्दैन, तीनीहरुको बिस्तारै अवशान हुन्छ भट्टराईले भने ।