सेक्स गुरु’ ओशोका बडिगार्डले गरे सनसनीपूर्ण खुलासा !

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३१, २०७५

अनलाइन प्लेटर्फम नेटफ्लिक्सले हालै ओशोमा आधारित ‘वाइल्ड वाइल्ड काउन्ट्री’ शीर्षकमा एक बृत्तचित्र शृखला बनाएको छ । उक्त शृंखलामा रजनीशको आश्रममा भारतदेखि अमेरिका स्थान्तरण भएको देखाइएको छ । अमेरिकाको ओरेगन प्रान्तमा ६४ हजार एकड जमिनमा रजनीशका हजारौं समर्थकको एक आश्रम स्थापित गरिएको थियो ।

त्यहाँ पाँच बर्षसम्म आश्रममा बस्नेहरुसँग तनाव, कानुनी विवाद, हत्या प्रयासको घटना, चुनावी धोखाधडी, हतियारको तस्करी, विष दिएको आरोप जस्ता कुरा आइरह्यो ।

विषपान गराउने प्रयासको विषय त अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो ‘बायो टेरर’ अट्याक मानिएको छ ।

बडीगार्डको जिम्मेवारी

एडिनबरामा बस्ने ह्यग मिलले ९० रोल्स रायस कारका लागि चर्चित रजनीसँग दशकौं गुजारेका थिए । त्यसबीचमा रजनीशले ह्यगलाई प्रेरित गरे । उनको गर्लफ्रेन्डसँग सुते र उनलाई कठिन श्रममा लगाइदिए । बर्षौंसम्म ह्यग मिलले भगवान रजनीशको बडीगार्डको रुपमा काम गरे । यस भूमिकामा ह्यगको काम थियो कि, शिष्यले ओशोलाई छुन नपाओस् ।

ह्यग जुनबेला रजनीशसँग थिए, त्यो आश्रम विस्तारको समय थियो । रजनीशको समर्थको संख्या यसबीचमा २० देखि २० हजार हुँदै थियो । ह्युग भन्छन्, ‘ति २० हजार केवल म्यागजिन खरिद गर्ने मानिस थिएनन् । यिनीहरु ति व्यक्ति थिए, जसले रजनीशका लागि घर–परिवार छाडेका थिए ।’ उनका अनुसार उनीहरु हप्तामा कुनै ६० देखि ८० घण्टा काम गर्थे । छात्रवासमा बस्थे । रजनीशप्रति उनीहरुको समर्पण यो हदसम्म थियो ।

रजनीशको प्रवचन

ह्यग अहिले ७० बर्षका भए । उनको जन्म स्कटल्यान्डको ल्यानर्कमा भएको थियो ।

सन् १९७३ मा अस्टियोपेथी (मांसपेशी र हड्डी सम्बन्धी मेडिकल साइन्स)को तालिम पुरा गरी ह्यग भारत पुगेका थिए । त्यसबेला उनको उमेर २५ बर्षको थियो । रजनीशको प्रवचन अडियो क्यासेटमा सुनेर उनी प्रभावित भएका थिए । उनी भन्छन्, ‘जब तपाईं कुने प्रभावशाली व्यक्तिलाई भेट्नुहुन्छ, उसको आफ्नो अस्तित्वमा गहिरो असर पर्छ ।’ ह्युग स्वामी शिवमूर्तिको नाम सुनेर भारत गएका थिए ।

इश्वर जो, काम लागेन

ह्युग भन्छन्, ‘मलाई लाग्यो कि, उनी कति अद्भुत, समझदार, दयालु, प्यारो, चैतन्यशील व्यक्ति हुन् । म उनको चरणमा पर्न चाहन्थें । उनीबाट सिक्न चाहन्थे ।’ ह्यगले भगवान रजनीशको बारेमा ‘द गड द्याट फेल’ टाइटलको एक किताब प्रकाशित गरेका छन् । ह्यग भन्छन्, ‘मैंले उसलाई बेहद जागृत व्यक्तिको रुपमा देखे, जसमा असाधारण ज्ञान र बोधको भाव थियो ।’

भारतमा जिन्दगी

सन् १९९० मा रजनीशको निधन भएको थियो । निधन हुनु केही बर्षअघि उनले आफुलाई ‘ओशो’ नामले सम्बोधन गर्न थालेका थिए । ह्युग मिलका अनुसार ओशो एक ‘बहुरुपी’ जीवन बाँच्थे कि, जो मानिसको आवश्यक्ता अनुसार स्वयम् आफुलाई पेश गर्थे ।

ह्यगले भनेका छन्, ‘आमने–सामने भेटमा रजनीशले पूर्ण रुपपले मनको कुरा र भविष्यको बारेमा बताइदिन्थे ।’ यसरी आमने-सामने भेट्नुलाई रजनीशको आश्रममा ‘दर्शन’ भनिन्थ्यो । त्यसबेला ह्यगलाई भारतको जिन्दगी त्यती रसपूर्ण लागिरहेको थिएन । उनी दुखित थिए ।

सुरुवाती १८ महिनामा रजनीश ह्यगको गर्लफ्रेन्डसँग सुत्थे । यसबेला ह्युगलाई चाहि भारतको सबैभन्दा गर्मी स्थानमा खेतीको कामको लागि पठाइदिएका थिए ।

रजनीशसँग इष्या

ह्युगको उमेर त्यसबेला ४० बर्षभन्दा केही बढी भएको थियो । उनी भन्छन् कि, रजनीश बिहानको चार बजे आफ्ना महिला शिष्यलाई ‘विशेष दर्शन’ दिन्थे । ‘रजनीशलाई केही हदसम्म सेक्स गुरु यसकारण भनियो कि, उनी आफ्नो सार्वजनिक प्रवचनमा सेक्स र अर्गाज्मको बारेमा बोल्थे’ ह्यग भन्छन्, ‘यो कुरा त सबैलाई थाहा थियो कि उनी आफ्ना महिला शिष्यसँग रात बिताउँथे ।’ यावत् कारणले ह्यगलाई रजनीशप्रति ईष्र्या जाग्यो । उनमा आश्रम छाड्ने मनस्थिती बन्न थाल्यो । तर, उनको भित्री मनले भन्थ्यो, यो केही न केही राम्रोकै लागि भइरहेको छ ।

रजनीशको हिफाजत

ह्युग भन्छन्, ‘मलाई थाहा थियो कि, ऊ सेक्स गुरु हुन् । हुन त हामी सबैलाई सेक्सका लागि स्वतन्त्रता थियो । एकै पार्टनरसँग चित्त बुझाउने त्यहाँ एकदमै कम थिए । सन् १९७३ मा यो अलग कुरा थियो ।’ रजनीशको विशेष दर्शनपछि उनको गर्लफ्रेन्डसँग उनको सम्बन्ध एउटा मोडमा पुगेको थियो । तर, यो धेरै दिन टिक्न पाएन । किनभने रजनीशले उनलाई चार सय मिल टाढा पठाइदियो । जब ह्यग फर्किएर आए, तब रजनीशको निजी सचिव मा योग लक्ष्मीको बडी गार्ड बनाइदिए । दर्शनको मौका नमिलेपछि एक शिष्याले मा योग लक्ष्मीमाथि आक्रमण गरेका थिए । त्यसपछि लक्ष्मीले उनलाई बडीगार्ड बनाएका थिए । ह्युगलाई रजनीशको पनि सुरक्षा गर्न भनिएको थियो ।

ओशोको क्लोज सर्कल

भनिन्छ, रजनीश यस कुराको पक्षमा थिएन कि, शिष्य उनीसम्म पुग्नका लागि रोकौ । तर, ह्यग के भन्छन् भने, जब मानिसहरु उनलाई छुन र उनको खुट्टामा ढोक्नका लागि आतुर हुन्थे, रजनीश उभिदैनथे ।

ह्यग भन्छन्, ‘भगवानलाई यस्तो मन परेन ।’ तर पछिल्लो सातबर्षसम्म ह्यग भगवानको आसपासमा रहने प्रभावशाली सन्यासीमा सामेल थिए । ओशोका इनर सर्कलमा एक नाम मा आनन्द शीलाको पनि थियो । उक्त वृत्तचित्रमा आनन्द शिलाको नाम पनि समावेश छ ।

शीला एक भारतिय थिइन् । तर, उनको पढाईलेखाई न्यूजर्सीमा भएको थियो । ओशोसँग जोडिनुअघि शीलाले एक अमेरिकीसँग बिबाह गरेकी थिइन् ।

आश्रमको क्यान्टिनमा

ह्यगका अनुसार उनी भगवानको सुरक्षाका साथसाथै आश्रमको क्यान्टिन चलाउने शीलाको पनि सहयोग गर्थे । क्यान्टिनको काम बढिरहेको थियो । किनभने आश्रममा आउने भक्तको संख्या निरन्तर बढिरहेको थियो । ह्यगका अनुसार उनको र शीलाको एक महिनासम्म अफेयर चल्यो । यो कुरा उनको पतिसम्म पुग्यो । पतिले रजनीशलाई यो कुरा रोक्नका लागि भने ।
यस घटनापछि शीला ह्यगसँग उस्तै रहिनन् । पुरै बद्लिइन् । र, उनको लागि अप्ठ्यारो स्थिती पैदा भयो । आश्रममा शीलाको कद यति रफ्तारमा बढ्यो कि, उनी लक्ष्मीको स्थानमा रजनीशको निजी सचिव बनिन् ।

रजनीशको विवाद

ओशोको आश्रम भारतबाट ओरेगनमा स्थान्तरण गर्ने निर्णयमा जुन व्यक्तिको ठूलो भूमिका थियो, त्यसमा शीलाको नाम मूख्य थिजो । भारतमा रजनीशलाई लिएर विवाद सुरु भइसकेको थियो । उनी चाहन्थे कि, आफ्नो आश्रम कुनै शान्त स्थानमा होस् जहाँ हजारौं शिष्य एकै समुदायमा मिलेर बस्न सकोस् ।

शीलाले सन् १९८१ मा ओरेगनमा सीमसार जमिन खरिद गरिन् । उनलाई स्थानिय कानुनको कम नै जानकारी थियो । उनी चाहन्थिन् कि, सन्यासीले यहाँ काम गरोस् र रजनीशको मान्यताका हिसाबले एक नयाँ शहर स्थापित गरोस् ।

ह्यग भन्छन्, ‘मलाई लाग्छ कि, ओरेगन जाने निर्णय नै वास्तवमा गलत थियो । यो एक खराब छनौट थियो ।’

ओरेगनमा विवाद

ओरेगनमा आश्रम स्थापना गर्नु स्थानीय कानुनको विरुद्धमा थियो । यद्यपी कानुन विपरित भएपनि शीला र उनका नजिकका व्यक्तिले ति सबै काम गरे, जो उनीहरुको योजना मुताविक थियो । यसमा स्थानिय व्यक्तिलाई दुखित तुल्याउनेदेखि खानामा विष मिलाउने प्रयाससम्म थियो । यही कारण सात सय ५० व्यक्ति बिरामी भए । यसले एक चुनावलाई प्रभावित बनायो ।

रजनीशका शिष्य दाबी गर्छन् कि, उनीहरुलाई स्थानिय अधिकारीले दुख दिए र उनीहरु कन्जर्भे्टिभ प्रशासनबाट प्रताडित भए ।

आश्रमको गतिविधि

ह्यगका अनुसार आश्रमको लागि यी सबै समस्या स्वयम् आश्रमकै शिष्यले पैदा गरिरहेका थिए । किनभने उनीहरुलाई स्थानिय कानुनको परर्वाह थिएन ।

ह्यगका अनुसार सन् १९८२ अप्रिलमा आश्रमको गतिविधिमाथि शंका बढ्न थाल्यो । ओरेगन आश्रमको हेल्थ सेन्टरमा अस्टियोपेथीको हैसियतमा काम गरिरहेका ह्यग भन्छन्, ‘अब यो आश्रम प्रेम, दयामाय र ध्यान गर्ने स्थान बनिरहेको थिएन ।’ जुन सन्यासी यस आश्रम स्थापना गर्नका लागि हप्तामा ८० देखि १ सय घण्टासम्म काम गरिरहेका थिए, उनीहरु बिमार हुन थालेका थिए । ह्यगका अनुसार शीलाले यी बिमारी सन्यासीलाई उपचारको लागि जुन निर्देशन गरेकी थिइन्, त्यो एकदमै अमानविय थियो ।

ह्यगका अनुभव

शीलाले भनिन् कि, यी सन्यासीलाई एक इन्जेक्सन दिएर काममा फिर्ता पठाइदिनु । अर्को पटक ह्यगका एक साथी नौका दुर्घटनाको शिकार भए । तर, उनलाई आफ्ना साथी हेर्नका लागि अनुमति दिइएन । काममा र्फकन भन्यो ।

‘हामी राक्षसमा बदलिदै थियौं’ ह्यगले भनेका छन्, ‘मैले आफैलाईं सोधें कि, अब म यहाँ किन बस्ने ?’
ह्यगले नोभेम्बर १९८२ मा आश्रम छाडिदिए । उनले भने, ‘केही समयका लागि लाग्यो कि म खाली भएँ । म धेरै भ्रममा थिए । मैले आफैलाई सम्हाल्न सकिरहेको थिइन ।’

सामान्य जिन्दगीमा फर्कनका लागि ह्यगले एक अस्पतालमा ६ हप्ता बसेर परामर्श लिनुपर्ने अवस्था आयो ।

वाइल्ड वाइल्ड काउन्ट्री डकुमेन्ट्री

ह्यगले एडिनबरामा केही समयसम्म अस्तियोपेथीको रुपमा काम गरे र लन्डन, म्युनिख अनि फेरी त्यहाँबाट क्यालिफोर्निया फर्किए ।

सन् १९८५ देखि ह्यग क्यालिफोर्नियामै बसिरहेका छन् । ह्यगले वृत्तचित्रमा देखाइएको कुरा उनले ओरेगन छाडेपछिको बताएका छन् । शीलाको गतिविधिको बारेमा ह्यगलाई पुरा जानकारी छैन । तर, शीला जे गरिरहेकी थिइन्, त्यसको बारेमा ओशोलाई सबैकुरा थाहा थियो ?

ह्यग जवाफ दिन्छन्, ‘त्यसमा मलाई कुनै शंका छैन । ओशोलाई सबैकुरा थाहा थियो ।’ बीबीसी हिन्दीबाट