आरके ज्वलेर्सबाट जफत गरिएको सुन तथा नगदहरु राष्ट्र बैंकलाई बुझाईयो

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३१, २०७५

नेपाल राष्ट्र बैंक/अखबार दैनिक

काठमाडौँ । साढे ३३ किलो सुन तस्करी काण्ड र सनम शाक्य हत्या प्रकरणको छानबिनमा मुछिएका न्यूरोडका सुन ब्यापारी आरके ज्वलेर्समा छापा मर्दा भेटिएको सुन, नगद तथा अन्य गहनाहरु सरकारले राष्ट्र बैंकमा बुधबार बुझाएको छ ।

करिब २० करोड रुपैयाँ बराबरको धनमाल बुधबार राष्ट्रबैकमा बुझाइएको हो। सोमबार समितिले राजेन्द्रकुमार शाक्यद्वारा सञ्चालित तीन वटा सुन पसलमा छापा हानी सबै सुन, गहना र नगद जफत गरेको हो। तीनै वटा पसलमा शिलबन्दी समेत गरिएको छ।

यतिबेला अदालतको आदेशमा संगठित अपराधको अनुसन्धानका लागि राजेन्द्रकुमार शाक्यको सम्पती जफत गरिएको हो।