कस्तो बिडम्बना,स्विमिङसुट लगाएको फोटो सेयर गरेपछि जागिर नै खुस्कियो !

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३१, २०७५

एजेन्सी – इन्स्टाग्राममा फोटो सेयर गरिरहेका बेला भिक्टोरियालाई अन्दाज थिएन कि उक्त फोटोले उनको जागिर खोस्नेछ ।

२६ वर्षीया भिक्टोरिया रुसको ओम्स्कको एक स्कूलमा पढाउँथिन् । केही दिन अघि उनले इन्स्टाग्राममा आफ्नो फोटो सेयर गरेकी थिइन् जसमा उनले स्विमसुट लगाएकी थिइन् । यो फोटोका कारण उनलाई जागिरबाट निकालियो ।

विद्यालयलाई उद्धृत गर्दै साइबेरियन टाइम्सले लेखेको छ, ‘यस्तो गरेर भिक्टोरियाले स्कूल र शिक्षण पेशालाई अपमानित गरेकी छिन् ।’

तर अब सोसल मिडियाका धेरैजसो प्रयोगकर्ता उनको समर्थनमा उत्रिएका छन् ।

करिब तीन हजार महिलाले स्विमसुट लगाएर फोटो सेयर गरिसकेका छन् र भिक्टोरियाको बर्खास्तीको विरोध गरिरहेका छन् । यो विरोधका लागि  the hashtag  (शिक्षक पनि मानिस हो) प्रयोग गरिँदै छ ।