विश्वकप बिशेष : कान नसुन्ने बिरालो ‘एकिलिज’द्वारा खेलको उद्घाटन, रुसले जित्ने भविष्यवाणी

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३१, २०७५

world-cup-Cat/अखबार दैनिक

एजेन्सी : अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन कान नसुन्ने ‘एकिलिज’ नामक बिरालोले गर्ने भएको छ । उक्त खेलमा रूसले जित्ने भविष्यवाणी सोहि बिरालोद्वारा भएको छ ।

अाज राति पौने ८:४५ बजे रुस र साउदी अरेबियाले यस विश्वकपकाे पहिलाे खेल खेल्दैछन् । बुधबार बिरालाेमार्फत गराइएकाे भवष्यवाणीमा रूसले जित्ने बताइएकाे हाे । दुर्इ देशका झण्डासहित खानेकुरा राख्दा एकिलिजले रसियाको झन्डा भएको खाना खाएको थियो ।