नेकपाको दल दर्ता खारेज गर्न माग गर्दै सर्वोच्च्मा रिट

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३१, २०७५

काठमाडौं । एमाले–माओवादी केन्द्र एकीकृत भएर बनेको नेपाल कम्युनिष्ट पार्टी ९ने क पा० को दल दर्ता खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।

संविधान र कानुनविपरित निर्वाचन आयोगले दल दर्ता गरेको भन्दै अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र इन्दु तुलाधरले बिहीबार दल दर्ता खारेज गर्न रिट दायर गरेका हुन् ।

दल दर्ताका लागि केन्द्रीय समितिमा एक तिहाई महिला सदस्य अनिवार्य हुनुपर्ने संविधान र दल दर्ता ऐनको किटानी व्यवस्था भए पनि त्यसको पालना नगरिएकाले दल दर्ता अवैधानिक भएको जिकिर रिटमा गरिएको छ ।

सर्वोच्चले निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको जनाएको छ ।

रिटमा संविधान र दल दर्ता ऐन बमोजिम अन्य दलहरुलाई पनि दल दर्ता गर्न–गराउन तत्काल परमादेश जारी गर्न माग गरिएको छ ।