ट्रम्पको जन्मदिन आज, कति वर्षका भए ?

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३१, २०७५

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार ७२ वर्षमा प्रवेश गरेका छन् ।

गत मङ्गलबार उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्तामा भाग लिएर वासिङटनको राजनीतिमा फर्किनुभएका राष्ट्रपति बिहीबार आफ्नो जीवनको ७२ वर्ष पूरा गर्नु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हाल्ने ट्रम्प सवैभन्दा पाको व्यक्ति हुन् । अमेरिकी राष्ट्रपतिमा पहिलो कार्यकालका लागि निर्वाचित बन्दा ट्रम्प ७० वर्षका थिए । अमेरिकाको इतिहासमा रोनाल्ड रेगनले दोस्रो कार्यकाल सम्हाल्दा सन् १९८४ मा उनी वर्षका थिए ।

ट्रम्प शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुनुहुन्छ । गत जनवरीमा गरिएको स्वास्थ्य परिक्षणमा उनी स्वस्थ्य रहेको ह्वाइट हाउसका चिकित्सक रोनी ज्याकसनले बताए ।

ट्रम्पको रक्तचाप ९ब्लड प्रेसर० ल्याबका रिपोर्टहरू आश्चर्यजनक ढङ्गबाट उत्कृष्ट भएको उनका निजी चिकित्सकले बताएका छन् ।

उनको शारीरिक शक्ति र आत्मविश्वास निकै बलियो भएको पनि चिकित्सकको भनाइ रहेको छ । अमेरिकी नागरिकहरु उनको उमेर र स्वास्थ्यका विषयमा निकै चासो लिने गर्दछन् ।