नदीमा नुहाउन जाँदा म्यादी प्रहरी बेपत्ता

प्रकाशित मिति : : शुक्रबार, असार १६, २०७४

धनकुटा, असार १६ । धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकामा खटिएका एक जना म्यादी प्रहरी तमोरमा बगेर आज बेपत्ता भएका छन् ।

दिउँसो गर्मी भएकाले तमोर नदीमा नुहाउन गएका म्यादी प्रहरी सचिन लिम्बू बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । धनकुटाको मौनाबुधक घर भएका लिम्बू खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाको त्रिवेणी प्रहरी चौकी अन्तर्गतका मतदानस्थलको सुरक्षाका लागि खटिएका थिए । बेपत्ता भएका लिम्बूको खोजी भइरहेको धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताए ।