मुक्तिनाथको नयाँ शाखा बानेश्वरमा खुल्यो

प्रकाशित मिति : : सोमवार, माघ २९, २०७४

muktinath bank

मुक्तिनाथ विकास बैंक लिमिटेडको नयाँ शाखा बानेश्वरमा खुलेको छ । उसले सम्पूर्ण बैंकिङ कारोबार गर्ने गरी आजबाट नयाँ शाखा शुभारम्भ गरेको हो ।

सोमबार आयोजित एक कार्यक्रमका बीच राष्ट्र बैंकका पूर्वगर्भनर, पूर्वपरराष्ट्र तथा अर्थमन्त्री डा भेषबहादुर थापाले नयाँ शाखाको उदघाटन गरे ।

बैंक सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको कारोबार तथा भावी रणनीतिबारे बोलेका थिए ।

कार्यक्रममा बैंकका अन्य सञ्चालक, संस्थापक सदस्यहरु, स्थानीय व्यापारी, बुद्धिजीवी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको समेत बाक्लो उपस्थिति थियो ।

बानेश्वरमा नयाँ शाखा खुलेसँगै मुक्तिनाथको उपत्यकाभित्रको शाखा संख्या ९ पुगेको छ । उपत्यका बाहिर ६५ शाखा रहेको बैंकले एक शाखा थपेर देशभर ७४ शाखा पुर्याएको जनाएको छ ।

बैंकले ०७४ पौष मसान्तसम्म कूल निक्षेप गतवर्षको यही अवधिको तुलनामा ४९.०८ प्रतिशतले वृद्धि भई रु. २१ अर्ब ७४ करोड पुगेको जनाएको छ । त्यसैगरी कूलकर्जा लगानी ४७.६६ प्रतिशतले वृद्धि भई १९ अर्ब ३३ करोड पुगेको जानकारी उक्त अवसरमा दिइयो ।

यसैबीच, बैंकले २६ करोड ४४ लाख मुनाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा १८.४४ प्रतिशतले बढी हो ।

Optimization WordPress Plugins & Solutions by W3 EDGE