मध्यराति किन पुगे प्रचण्ड नारायणहिटी ? यस्तो छ कारण

प्रकाशित मिति : : शुक्रबार, फाल्गुन २५, २०७४

prachanda

काठमाडौँ, फागुन २५ । नेकपा माओावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा प्रचण्डले गणतन्त्र स्कारकको अवलोकन गरेका छन् । गणतान्त्रिक नेपालको स्थापनाका लागि सहादत प्राप्त गर्दै सहीद, बेपत्ता नागरिक तथा अपांगता भएकाहरुको सम्मानमा स्थापना गरिएको गणतन्त्र स्मारकको अध्यक्ष प्रचण्डले अवलोकन गरेका हुन् ।

अध्यक्ष प्रचण्डले उक्त स्मारकको ऐतिहासिक महत्व भएको बताउँदै देश र विदेशका पर्यटकहरुलाई नेपाली जनताको संघर्षको स्मरण गराउने किसिमले तयार गर्नु पर्नै धारण व्यक्त गरेका छन् ।
पैतीस रोपनीमा रहेको सो स्मारक गणतन्त्र स्थापनाका लागि भएका शहिद, बेपत्ता तथा घाइतेको सम्झनामा निर्माण गरिरहेको हो । निमार्ण कम्पनीका परियोजना निर्दैशक रोशन श्रेष्ठले ४० करोड रुपैयाँ लगानीका स्मारक भएको जानकारी दिएका छन् ।