‘केपी ओली बराबरको नेता नेपाली राजनीतिमा मैले चाहिँ अरू देखेको छैन’

प्रकाशित मिति : : सोमवार, चैत्र २६, २०७४

KP-Oli-/अखबार दैनिक

केपी ओलीलाई पि एच् डि उपाधि नेपालकै त्रिभुवन विश्वविधालयले दिनुपर्ने हो । ऊनमा त्यो क्षमता छ । धेरै डाक्टरहरू देखियो । तर अहिलेको परिवेशमा केपी ओली बराबरको नेता नेपाली राजनीतिमा मैले चाहिं अरू देखेको छैन । उनले भोलि के गर्लान् के नगर्लान् त्यो अर्को कुरा भयो ।तर उनले गरेका केही कुराहरूबाट म प्रभावित छु ।

जस्तो :
१. जातियताको विरूद्दको आवाज केपीको जति बलियो कसैको सुनिएन
२.नाकाबन्दीका हिरो
३.सडकबाट भारतको विरोध गर्ने धेरै छन् तर ऊनी प्रधानमन्त्री छँदै भारतको ज़्यादती विरूद्द बोले
४.ईयुको विरूद्द पहिले नाकाबन्दीमा पनि बोले र अहिलेको ताजा प्रतिवेदनमा पनि बोले
५.निराश भएको डिप्रेसनको रोगी देशलाई सपना देख्न सिकाए ।
७.कम्युनिष्टहरूलाई मिलाउन प्रयत्नरत छन् । अतिबादी कम्युनिस्ट सोचबाट मुक्त छन् । कम्युनिस्ट भएर पनि नेपाली कांग्रेस जस्तो प्रजातन्त्रिक पार्टिलाई समेत डेमोक्रेसी पढाइरहेका छन् ।
८.आठै कक्षा पढेका भनिएका भए पनि अक्सफोर्डमा पढेका भनिएकाहरूको भन्दा राम्रो अंग्रेजी बोलेका मात्र छैनन् उस्तै तार्किक विचार पनि राखेका छन् ।
एकदमै राम्रो सेन्स अफ ह्युमर भएका, जटिल प्रश्नको पनि सर्बसाधरणले पनि बुझ्न सक्ने सरल उत्तर दिनसक्ने वाक् क्षमता भएका नेता हुन् केपी ओली ।

अरू पनि छन् ।

यसर्थ ओली पि एच् डी उपाधीको लागि योग्य छन् । भातपानी छोडेर ऊनलाई खिज्याउनुको कुनै अर्थ देख्दिन म । हुनसक्छ – भारतले पनि ऊनी नाकाबन्दी जस्तो कठोर परिक्षामा निरन्तर डटेर पास भएरै छोडे भनेर उपाधी दिन लागेको होला

हामीले भारतबाट नाकाबन्दीमा होस् या सीमामा बारबार अपमानित त हुनु परेको छ नै । त्यसको हामीले विरोध पनि गरेका छौ । प्रतिकार गरेका छौ । हाम्रो सार्वभौमसत्ता भारतलाई सम्झाएको छौ । हामीले हाम्रो कर्तव्य निभाएका छौं ।

तर बर्षौ पछि भारतको कुनै विश्व विधालयले हाम्रो देशको प्रधानमन्त्रीलाई सम्मान स्वरूप कुनै पदले विभूषित गर्छ भने हामीले त्यो कुराको पनि त सम्मान गर्न जान्नु पर्छ नि ! सोचौ त- ऊनिहरू सम्मान गर्न खोजिरहेछन् हामी हाम्रो प्रधानमन्त्रीको आफै खिल्ली उडाइरहेछौं । हामी आँखिर चाहन्छौं के ? कतै आफू आफैमा कन्फ्युज त छैनौ हामी ?
कसैको सम्मानलाई सम्मान गरियो भने मात्र सम्मान बढ्छ । तर सम्मानमा विक्ने हैन । यति त हामीलाई हाम्रो विगतको इतिहासले सिकाएकै छ नि !

– मणि भट्टराईको लेख पानाखबर को सहयोगमा