आगामी नयाँ वर्ष २०७५ देखि इन्टरनेटमार्फत शेयर किनबेच गर्न सकिने

प्रकाशित मिति : : शुक्रबार, चैत्र ३०, २०७४

share markets/अखबार दैनिक

काठमाडौं, चैत ३० । अबदेखि लगानीकर्ताहरुले शेयर खरिद गर्दा धाएर बैंक नगई पनि शेयर खरिद गर्ने प्रावधान आएको छ जसमा लगानीकर्ताले इन्टरनेटमार्फत शेयर खरिद गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले आगामी नयाँ वर्ष २०७५ देखिनै इन्टरनेटमार्फत शेयर किनबेच गर्न सकिने जनाएको छ ।

बोर्डले नयाँ वर्षदेखि नै उक्त व्यवस्था धितोपत्र खरिद विक्रीको लागि खरिदबिक्री आदेश दिन सक्ने व्यवस्था गर्न धितोपत्र दलाल व्यवसायीलाई परिपत्र गरेको जानकारी दिएको छ ।

यसअघि २०७३ फागुन २६ मा ब्रोकर व्याक अफिस सफ्टवेरमा इन्टरनेटमार्पmत प्राप्त धितोपत्र कारोवार गर्न खरिद बिक्री आदेश दिने व्यवस्था गर्न परिपत्र गरिएकोमा हाल उक्त व्यवस्था लागू हुने भएको हो ।