पदाधिकारी नियुक्ति गर्दै देउवा, उपसभापतिमा निधी, महामन्त्रीमा खड्का

प्रकाशित मिति : : सोमवार, बैशाख ३, २०७५

काठमाण्डौ,वैशाख ३  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ रणनीति बुन्दै पदाधिकारी नियुक्तिको तयारी गरेका छन् । देउवाले उपसभापतिमा विमलेन्द्र निधी र पूर्णबहादुर खड्कालाई महामन्त्री बनाउन लागेका छन् ।

त्यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई बनाउने तयारी भइरहेको छ । यता रामचन्द्र पौडेलले सह महामन्त्रीमा आफ्नो पक्षको नेतालाई नियुक्ति गर्न दबाब दिइरहेका छन् । तर सहमहामन्त्री पौडेल पक्षलाई बनाउँदा पदाधिकारीतर्फ आफू अल्पमतमा पर्ने भएपछि पौडेलको माग पुरा गर्ने स्थितीमा छैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको दुई वर्षपछि पार्टी पदाधिकारी मनोयनको तयारी थालेका हुन् । १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुगेको दुई वर्ष बितिसक्दा पनि सभापति देउवाले पार्टी पदाधिकारी मनोनयन नगरेको भन्दै पार्टी्भित्र चर्को आलोचना हुँदै आएको थियो । स्थगित भएको केन्द्रिय समिति बैठक पुनः सुरु भएपछि सभापति देउवा पदाधिकारी मनोनयन गर्ने तयारीमा जुटेका छन् । बैठकबाट पदाधिकारी मनोयनसँगै महासमिति भेलाको मिति तय गर्ने र विधान मस्यौदा समिति बनाउने तयारी छ ।