आज बिहानै देखि शेयर बजारमा हरियाली

प्रकाशित मिति : : मङ्लबार, बैशाख ४, २०७५

share-bull/akhabardainik

काठमाडौं, वैशाख ४ । मंगलबार बिहानै देखि शेयर बजारमा कारोबार सुरु भएदेखि नै हरियाली छाएको छ । १२९७.५८ अंकबाट शुरु भएको शेयर कारोबार आधा घण्टामा ११.२५ अंकले बढेर १३०८ दशमलब ८२ अंकमा पुगेको थियो ।

कारोबार शुरु भएको आधा घण्टामा ४ करोड ६५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । नेप्सेका अधिकांश उपसुचकहरु हरियाली देखिएका छन् ।
केहि दिन देखि असन्तुस्ट देखिएको शेयर बजार भने आज बिहानै देखि सन्तुट र हरियाली देखिएको छ ।