सी चिनफिङ विश्वकै शक्तिशाली नेता, को कति नम्वरमा ? (हेर्नुस् सूचि)

प्रकाशित मिति : : बिहिबार, बैशाख २७, २०७५

सी चिनफिङ

काठमाडौं । विश्वमा करिब आठ अर्ब जनसङ्ख्यामा ७५ मानिसले विश्वलाई नै हल्लाएका छन् । फोब्स पत्रिकाका अनुसार प्रतेक वर्ष दशलाख विश्वका शक्तिशाली मानिस बाट यो अध्यन गरिन्छ ।

फोर्ब्सले सार्वजनिक गरेको सन् २०१८ को सबैभन्दा शक्तिशाली व्यक्तिमा चिनियाँ राष्ट्रपति सि चिनफिङ पहिलो नम्बरमा देखिएका छन् ।

विवरणमा दोस्रो नम्बरमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन रहेका छन् । अघिल्लो वर्षको सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको लागि तेस्रो नम्बरमा झरेका छन् ।

अघिल्लो वर्ष चिनियाँ राष्ट्रपति सि चौथो नम्बरमा रहेका थिए भने अमेरिकी राष्ट्रपति ट्रम्प दोस्रो नम्बरमा रहेका थिए । जर्मन चान्सलर एन्जेल मर्केल यस वर्षको सबैभन्दा शक्तिशाली महिलाको रुपमा रहेकी छिन् । समग्रमा उनी यस वर्षको चौथो सबैभन्दा शक्तिशाली व्यक्ति बन्न सफल भएकी हुन् । यसअघि उनी तेस्रो नम्बरमा रहेकी थिइन् । अमेजनका मालिक जोफ बेजोस विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति बन्न सफल भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि विश्वको सबैभन्दा शक्तिशाली १० व्यक्तिमा पर्न सफल भएका छन् ।

हेर्नुस् यस्तो छ फोर्ब्सको सूचि