सन्दीपले विराटलाई आउट गरे विश्व क्रिकेटमा नया तरङ्ग ल्याउने

प्रकाशित मिति : : शनिबार, बैशाख २९, २०७५

virat-koholi and sandip-akhabardainik

इन्डियन पिमियर लिग (आईपीएल) को ४५ औँ खेलमा आज दिल्ली डेयर डेभिल्स र रोयल च्यालेन्जर बेङ्लोरबीच खेल हुदैँ छ ।

दिल्लीले टस हारेर पहिला ब्याटिङ गर्दै छ । त्यस्तै आजको खेलमा पनि दिल्लीले सन्दीपलाई पहिलो पटक प्लेइङ ११ मा मौका दिएको छ । कप्तान श्रेयस अय्यरले बुझाएको प्लेइङ ११ को सुचिमा सन्दीपको नाम अटाएको छ । सन्दीपले बेङ्लोर विरुद्द बलिङ गर्न पाउने भएका छन् । सन्दीपले विराट कोहलीलाई आउट गरेको हेर्ने धेरै नेपालीको सपना आज पुरा हुने भएको छ । सन्दीपले विराटलाई आउट गरे विश्व क्रिकेटमा नया तरङ्ग ल्याउने छन् । र सबै नेपालीको आईपीएलमा ठूलो सपना पनि यहि हो ।