मलेसियाका लागि राजदूतमा बौद्धिक व्यक्तित्व प्रा.डा. संग्रौलाको उच्च सम्भावना

प्रकाशित मिति : : आइतवार, जेष्ठ ६, २०७५

प्रा.डा . संग्रौला

काठमाडौं । सरकारले हाल राजदूत खाली रहेका भारत, मलेसिया, युएईलगायत राष्ट्रमा तुरुन्तै राजदूत नियुक्तिको तयारी थालेको छ । मलेसियाका लागि रिक्त रहेको नेपाली राजदूतका लागि प्राध्यापक डा. नारायणप्रसाद संग्रौलाको सम्भावन थप बढेको छ ।

बौद्धिक राजनीतिक व्यक्तित्वका रुपमा रहेका प्रा.डा. संग्रौला सरकारले केही दिनमै नियुक्तिको तयारी गरिरहेको मलेसियाका लागि नेपाली राजदूत पदका लागि संग्रौला उपयुक्त भएको निष्कर्षसँगै संग्रौलाको सम्भावना बढेको हो ।

वैदेशिक रोजगारको क्षेत्रमा गहिरो अध्ययन अनुसन्धान गरेका संग्रौला यो क्षेत्रमा ज्ञान भएको र कुटनीतिक मर्यादा निर्वाह गर्न सक्ने व्यक्तित्व पनि हुन् । बाम राजनितीमा आफ्नो जीवनलाई समर्पित संग्रौला प्राध्यापनसँगै बौद्धिक राजनीतिमा पनि उत्तिकै सक्रिय रहँदैं आएका छन् ।

अध्ययन र लेखनमा गहिरो रुचि भएका प्राडा संग्रौला अहिले अवकाशसँगै आफ्नो दैनिकी पुस्तक लेखनमा विताइरहेका छन् । उनी सबै जातजातीको चिनारी भएको एउटा पुस्तक प्रकाशनको तयारीमा जुटेका छन् । त्यसो त उनका आधुनिक नेपालको इतिहास (२०५४), प्राचीन तथा मध्यकालीन नेपाल, सांस्कृतिक पर्यटन र विकास, नेपाल परिचय र पल्लो किराँतको किपड व्यवस्थाजस्ता पुस्तकहरु प्रकाशित भइसकेका छन् । उनका राजनीति सम्बन्धित पुस्कहरुसमेत प्रकाशन भएका छन् ।

अहिले अध्यापनसँगै कम्युनिष्ट राजनीतिमा सक्रिय रहेका डा संग्रौला पछिल्लो समय नेपालको संस्कृति, पर्यटनलगायतको अध्ययनमा व्यस्त छन् । जसको मूल उद्देश्य उनी हामी नेपाली हौँ भन्ने भावलाई सधै जोगाईराख्नका लागि सम्बन्धित विषयमा अध्ययन, पुस्तक लेखन र त्यसको ज्ञान नयाँ पुस्ताहरुलाई बाँडनु रहेको डा संग्रौला बताउँछन् । विक्रम सम्वत् विस २०३६ सालको शिक्षक आन्दोलनमा २४ घण्टे अनशन बसेका उनी सोही साल २०३६ पछि अध्यापनसँगै राजनीतिमा सक्रिय भएका थिए । देशमा २०४६ को आन्दोलनमा पनि प्राध्यापक संघमा रहेर आन्दोलनमा सहभागी भए ।

उनले २०४५ सालदेखि महेन्द्ररत्न बहुमुखी क्याम्पसमा प्राध्यापक पेशा शुरु गरे । यसैगरी उनी विस २०५२ देखि २०५६ सम्म सोही क्याम्पसमा सहायक क्यापस प्रमुख भए भने २०५६ देखि २०७२ भदौसम्म पदमकन्या क्याम्पसमा प्राध्यापकको रुपमा जिम्मेवारी वहन गर्दै अवकाश लिए । यसपछि उनले २०७२ सालमा शहिद रामनाथ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको जिम्मेवारी लिए । डा संग्रौला तेह्रथुम जिल्लाको आठराईमा जन्मेका हुन् । झापा सरेपछि उनले २०३० सालमा एसएलसी त्यहींबाट दिए ।

विद्यालय जीवनकालमा नै राजनीतिमा होमिएका प्राडा संग्रौलाले विस २०२६ सालमा नै नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । सो समयमा उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र रामनाथ दाहालसँग एउटै कमिटीमा बसेर काम गरे । राजनीति गरे पनि उनले कहिलै पढाईलाई भने विश्राम दिएनन् । राजनीति गर्दाको समयमा उनले भमिगत जीवनसमेत विताए । उनी विस २०२८ सालमा स्कुलको स्ववियु सभापति भए । उनी स्ववियु सभापति भएकै बेला उनले ‘झम्पल’ भन्ने पत्रिका निकाले । पत्रिका प्रकाशनपछि स्थानीय प्रशासन र प्रहरीले उनलाई गिरफ्तार गर्ने सुइँको पाएपछि उनी फेरी भुमिगत भएका थिए ।

पटक पटक भूमिगत हुँदै अध्ययनलाई निरन्तरता दिने संग्रौलाले नेपालको विकास र नेपालीहरुको हकहितको लागि आप्mनो जीवन नै बाजी लगाएर राजनीतिमा उत्रिएका थिए । डा. संग्रौला अहिले नेपालको राजनीति प्रति चिन्तित छन् । उनी भन्छन– ‘ज्यानको बाजी राखेर हिजोको दिनमा देश र नेपाली जनतालाई केही हुन्छ भनेर लडियो, तर प्रजातन्त्र आएको यत्तिका वर्षसम्म पनि सोचे अनुसारको परिवर्तनको अनुभुति भएन । उनले अहिले कम्युनिष्टको बहुमतको सरकार आएकाले धेरै आशा जागेकोसमेत बताए । संग्रौलाले देश रहे र विकाश भए हामी रहने र हाम्रो विकाश हुने भएकाले देश बनाउन सबैले उत्तिकै पहल गर्नुपर्नेमा जोड दिन्छन । विस २०४६ साल अघि र पछिको राजनीतिमा आकाश–पाताल को फरक आएको बताउने डा संग्रौलालाई अहिलको राजनीति राजनीति जस्तो नै लाग्दैन । ‘अहिले राजनीतिमा केही डर, क्रास वा पक्राउ पर्ने अवस्था छैन ।

अहिले कसैले समाउला, मार्ला, पक्रेला भन्ने छैन् । अहिले त जो पनि लाग्छ नि राजनीतिमा । पहिलाको राजनीति सम्झिदा सपना जस्तो लाग्छ’, डा संग्रौला भन्छन । देशको वर्तमान अवस्थाप्रति चिन्तित डा संग्रौला युवाहरु विदेशमा पलायन भएकोमा निकै चिन्तित छन् । विदेशिनेको संख्या दिनहुँ बढेकोमा यसलाई रोक्नुपर्ने र विदेशमा जाँदा पैसाको रुख छ भनेर जाने मानसिकता तोड्नुपर्ने उनको धारणा छ । अहिले विदेशमा ५० लाख युवायुवती भएकोले उनीहरुलाई विस्तारै नेपालमै राख्न नसकेसम्म देश विकास सम्भव नभएको डा संग्रौला बताउँछन् । विदेशमा जति काम गर्दा स्वदेशमै धेरै गर्न सकिने र विदेश जानुपर्ने भए पनि सीप सिकेर जानुपर्नेमा उनी जोड दिन्छन ।‘विदेश जाँदा भाषा, रहनसहन, त्यहाँको संस्कृती बुझेर जानुपर्छ । अरुको लहैलहैमा विदेश जाँदा समस्या बढेकोले शुरुमै मुहान सुधार्दै यहीबाट सबै बुझेर जानुपर्छ’ संग्रौला बताउँछन् ।

आफुले वैदेशिक रोजगार र विदेशमा रहेको नेपाली कामदारको बारेमा पनि धेरै अध्ययन गरेको बताउने संग्रौला वैदेशिक रोजगारलाई तत्काल राज्यले व्यवस्थित गर्नुपर्ने बताउँछन् । विदेशमा कामदारले सिकेको सीप स्वदेशमा लगाउन त्यहाँ रहेका राजदूतावासहरुको पनि ठूलो भूमिका हुने भएकाले राजदूतावासले पनि नेपाली कामदारहरुको रेकर्ड राख्दै उक्त जानकारी नेपाल सरकारलाई दिनुपर्ने डा. संग्रौला बताउँछन् । विदेशमा रहेका नेपालीहरुको आशाको धरोहर भनेकै नेपाली राजदूताबास नै हुने भएकाले राजदूतावासले नेपालीहरुको सानो भन्दा सानो समस्यालाई पनि ध्यान दिएर सम्बोधन गर्नु पर्छ ।

‘वैदेशिक रोजगारी हाम्रो बाध्यता भए पनि यसलाई व्यवस्थित गर्नुको विकल्प छैन प्राडा संग्रौला भन्छन् । देश विकाश गर्ने नै युवायुवती हुन् । उनीहरु विदेशमा भएपछि देश विकाश कसरी हुन्छ,’ प्रा.डा. संग्रौला  ।