चर्चित गायक शिब परियार दुर्घटनामा ! ग्रांडी अस्पतालमा…

प्रकाशित मिति : : आइतवार, जेष्ठ १३, २०७५

काठमाडौँ । चर्चित गायक शिव परियार सामाखुशि बसुन्धरा हुन्डाई सर्भिस सेन्टरमा जाने क्रममा दुर्घटनामा परेका छन ।

दुर्घटनामा परेका शिवले आफ्नो स्वास्थ्य स्थिति बारे आफ्ना सुभचिन्तकहरुलाई यसरी आफु सकुसल भएको जानकारी दिएको छन् । उनले फेसबुक स्टाटसबाट यसरी आफ्नो दुर्घटना बारे भनेका छन् :  बसुन्धरा रुटमा रहेको हुन्डाई सर्भिस सेन्टरमा आफ्नो Hundai Ba 16 pa 3055 नम्बरको Hundai I20 कार हेर्न जाने क्रममा आफुसंग रहेको बा 80 प 9998 नम्बरको 250cc CBR बाईक दाँया मोड्ने क्रममा त्यधिक अनियन्त्रित गतिमा गलत रुट प्रयोग गरि पछाडीबाट आएको बा 78 प 8511 नम्बर को एफ जेड बाइकले एकोहोरो ठक्कर दिंदा दाहिने खुट्टामा अत्यधिक चोट लागेका कारण अहिले ग्रांडी अस्पतालमा उपचारमा छु,म संगै अर्का गायक भाइ Karnaraj giri सामान्य उपचार पछि घर फर्किने तयारीमा छन ,अर्थोका डक्टर बिनोद बिजुक्क्ष्य ज्युले राम्रो उपचार गरि रहनु भएको छ ,अहिले खतरा मुक्त छु !मेरो स्वास्थ्यको लागि प्रार्थना गर्नु हुने सम्पूर्ण महानुभावहरुमा यो गायक हार्दिक धन्यवाद ब्यक्त गर्दछु !