नयाँ शक्ति कोरियाको विशेष-भेला सम्पन्न, बजगाईँको संयोजकत्वमा केन्द्रीय अधिवेशन आयोजक समिति गठन

प्रकाशित मिति : : आइतवार, जेष्ठ १३, २०७५

कोरीया -नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको केन्द्रीय विशेष-भेला सम्पन्न भएको छ । लुम्बिनीमा सम्पन्न संघीय परिषदको चौथो विस्तारित वैठकले पारित गरेको निर्णयलाई कार्यन्वायनमा लैजान कोरियामा विशेष भेला आयोजना गरिएको थियो । उक्त भेलाले सुरेन्द्र बजगाईँलाई संयोजक सर्वसम्मतले चयन गरेको छ ।

नयाँ शक्ति पार्टी संघीय परिषद सदस्य तथा एशिया प्यासिफिक संयोजक मिलनकान्छा किराती, आईएनएस कोरिया सल्लाहकार तथा एनआरएन आईसीसी सदस्य लोचन चाम्लिङ्, समाजसेवी तथा आईएनएस सल्लाहकार भक्त शेरचनलगायतको आतिथ्यमा सम्पन्न उक्त भेलाले सहसंयोजकमा जीवन विश्वकर्मा, सचिवालय, कार्यलय यज्ञमुर्ति पोखरेल, प्रचार-प्रसार, सञ्चार डोलु आले मगर  र दावाछिरिङ तामाङ्लाई आर्थिक व्यवस्थापनको जिम्मेवारीलगायत विविध जिम्मेवारीसमेत बाँडफाट गरेको छ ।

सङ्गठनको सम्पूर्ण क्षेत्रीय भेला सम्पन्न गर्दै आगामी सेप्टेम्बर २४ तारिख केन्द्रीय अधिवेशन सम्पन्न गर्नेगरि १०१ सदस्यीय आईएनएस कोरिया केन्द्रीय अधिवेशन आयोजक समितिगठन गरिएको छ ।