अश्लील हर्कतको श्लील प्रवेशस्थल ‘बिगो’ (भिडियोसहित)

प्रकाशित मिति : : बुधबार, जेष्ठ २३, २०७५

इन्टरनेट युगमा प्रविधिले जति सुविधा दिएको छ त्यति नै मनोरञ्जनसहित सम्बन्ध स्थापितको अवसर पनि छ । सामाजिक सञ्जालहरूमा फेसबुकको प्रयोग अत्यधिक छ, त्यसबाहेक विभिन्न सुविधासहित आएका एप्सहरूमा श्लील प्रवेशसँगै अश्लील संवाद र भिडियो च्याट ज्यादा हुन थालेको छ । जहाँ हजारौं नेपाली युवायुवतीको निर्वाध प्रवेश भइरहेको छ ।

देशविदेशमा रहेका युवायुवतीहरू साथी बन्ने र बिगो च्याटमा तल्लिनसँगै सम्बन्ध स्थापित गर्न उद्दत भएका छन् । कतिपयले यहि एप्सका माध्यमबाट अश्लील हर्कतमा समेत सक्रियता देखाउन थालेका छन् । जुन सामाजिक सञ्जालको दुरुपयोग ठानिन्छ ।

‘चाँडै मान्छे भेटिने र सम्बन्ध छिटो राख्न सकिने भएकाले कहिलेकाहीँ बिगो च्याट गर्दै आएको छु’, एक युवाले भने,‘यसमा रमाइला कुराकानीसँगै छाडा पनि बोल्न पाइन्छ । तर, छाडा गर्न भने एप्सले नै रोक्छ ।’

यो एप्समा एक्ला एक्लै र समुहमा पनि भिडियो च्याट हुन्छ । जहाँ समुहमै पनि अश्लील कुराकानी गरेको प्रत्यक्ष सबैले देख्न सक्छन् । युवायुवतीहरूले इन्टरनेटको यो सुविधालाई अत्यधिक प्रयोग गरिरहेका छन् । विश्वभर फैलिएको यो सञ्जालमा नेपाली, भारतीयलगायतका अश्लिल कुराकानी धेरै हुने गरेको पाइन्छ ।-दैनिक नेपालबाट

विगोमा गरिएको कुराकानीको भिडियो यहाँ हेर्नुहोस्