प्रधानमन्त्री ओलीलाई रास्ट्रबादी विद्यार्थी संघका सचीवको खुल्ला पत्र

प्रकाशित मिति : : बुधबार, जेष्ठ २३, २०७५

सम्माननीय प्रधानमन्त्री ज्यु
नेपाल सरकार

सर्वप्रथम त आफ्नो राजनीतिक लक्ष (प्रधानमन्त्री र बाम एकता) पूरा गर्नु भएकोमा बधाई साथै सफल कार्यकालको शुभकामना। अब रह्यो जनता माझ चुनाव जित्न गरिएका बाचाहरु पूरा गर्न। तपाईंले देख्नु भएको सपना निदाउदा मात्रै देखिने गरेको जनताले आभास गरिरहेका छन। तपाईंले कुदाउने भनेका रेलहरु मा बस्न इच्छुक आम मानिस नारायणगढ- मुग्लिङ सडक खण्डमा घण्टौ जाम खेपिरहेछ्न। तपाईंले सिलिन्डरको सट्टा सिधै पाइपबाट ग्यास आउने कुरा त त्यस्तै हो उल्टै त्यहि सिलिन्डरको मूल्य वृद्धिले जनता मारमा छन। हावाबाट निकालिएको बिजुलि हावा मै तड्पिरहेछ।

इतिहास मै पहिलो पटक दुइ पाइलट (के पि ओलि र पुस्पकमल दाहाल प्रचण्ड) मिलेर उडाइएको नेकपा नामक विमान safe landing हुन नपाउदै crash हुने त होइन भन्ने दुबिधामा छन जनता। नेपालि नागरिक भएको नाताले केही सुझाव सहित यो पत्र लेखिरहेछु।

१. विश्वकै दोश्रो जलश्रोतको धनी देश मानिने हाम्रो देश अझै पनि जमिनहरु बाझै र सिचाइ बिहिन छन। तराईको त्यो उर्वर जमिनमा अन्न होइन यो देशको भविस्य फल्छ। त्यो भविस्य फलाउने पर्यत्न गर्नुस् ।

२. 6 march 2016 state of Forest of Nepal ले निकालेको तथ्यांक अनुसार ४४.७४% भु-भाग वन जङ्गलले ढाकेको छ। त्यस वन जङ्गल भित्र सडिरहेको जडिबुटी संकलन र प्रशोधनमा जोड दिनुहोस् ।

३. ललितपुर फुलचोकीको फलाम, गणेश हिमाल रसुवाको जस्ता, बामन गाउँ डढेलधुराको निकल (nickel) कालीगण्डकी लगाएत लुङ्री खोला रोल्पाको सुन, पादुका दैलेखको ग्यास, गगल फेदि र चुनिखेल काठमाडौको युरेनियम, यी र यस्ता सम्भाबित क्षेत्रहरुको खनिज उत्खनन, प्रसोधन र बितरण गर्न सके देश फड्को मार्थ्यो होला।

४. जलश्रोतलाई बिद्युतिकरण र स्वच्छ खानेपानीमा पनि त्यत्तिकै जोड दिउ कि।

५. संस्कृतीको जगेर्ना र पर्यटनलाई सुदृढ ढङ्गले व्यवसाय गर्न र गराउन पनि अनुरोध।

६. बन्द उद्योगहरु खोल्न र थप नया उद्योगहरु संचालन गर्ने वातावरण मिलाउन पनि अनुरोध ।

सम्भावना नै सम्भावना भएको देशका नागरिकहरु यसरी भेडाबाख्रा बेचे झै गरि बेच्न पनि बन्द गर्न अनुरोध (खबरदारी पनि) । बेच्ने भए पनि बीउ छर्नै नपर्ने यार्सागुम्बा बेचौ, नदिनाला होइन त्यहाबाट बिद्युत निकालेर बेचौ, हिमाल होइन हिमालको सौन्दर्यता बेचौ। जय रास्ट्रबाद

                                                                                                                 रास्ट्रबादी विद्यार्थी संघका सचीव : सचिन तिमिल्सेना