सुतेकै अवस्थामा पोखरा–८ का गिरीको मृत्यु

प्रकाशित मिति : : मङ्लबार, असार ५, २०७५

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं।८ सिमलचौर बस्ने वर्ष २१ को सारांश गिरीको सुतेको अवस्थामा मृत्यु भएको छ ।

सोमबार बेलुकाको खाना खाई सुतेकोमा आज(मंगलबार) करिब साढे सातबजे सम्म नउठेपछि हेर्दा अचेत अवस्थामा रहेका उनलाई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल,गण्डकी ल्याईएकोमा अस्पताल ल्याउन पुर्व नै उनको मृत्यु भईसकेको भनि डाक्टरले मृत घोषणा गरेका हुन् । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।