सेनेगल सँग पोल्याण्ड पराजित

प्रकाशित मिति : : मङ्लबार, असार ५, २०७५

काठमाडाै  । विश्वकप फुटवल अन्तर्गत आज पोल्याण्ड र सेनेगल बिच  भएको खेलमा सेनेगल सँग पोल्याण्ड पराजित भएको छ । सेनेगलले दुई गोल गर्दा पोल्याण्डले एक गोल मात्र फर्काउन सकेको हो । खेलको ३९ औ मिनेटमा पोल्याण्डका थिएगो कियोनिकले आत्माघाती गोल गरे सँगै सेनेगलको पहिलो गोल भएको थियो, भने खेलको ६१ औ मिनेटमा नीएगंले अर्को गोल गरेका थिए ।  पोल्याण्डबाट खेलको ८६ औ मिनेटमा गर्जीगोर्जले पहिलो गोल गरेका थिए ।