फ्रान्स फाइनलमा प्रवेश

प्रकाशित मिति : : बुधबार, असार २७, २०७५

काठमाडौँ,असार २७ । रसियामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत नेपाली समय अनुसार हिजो राती ११ ४५ मा भएको खेलबाट फ्रान्सले जित हासिल गर्दे फाइनलमा प्रवेश गरेको छ । बेल्जियमलाई १–० ले पराजित गर्दै फ्रान्स फाइनलमा प्रवेश गरेको हो ।

खेलको ५१ औँ मिनेटमा गरेको गोल नै फ्रान्सलाई उपाधि नजिक पुर्याउन पर्याप्त भयो । पहिलो हाफ गोलरहित बराबरी खेलेपछि दोस्रो हाफमा फ्रान्सलाई जिताउने क्रममा खेलको ५१ औँ मिनेटमा कर्णर बललाई सदुपयोग गर्दै बार्सिलोनाका डिफेन्डर स्यामुएल युमिटीले जाली चुमाएका थिए ।

एन्टोइन ग्रिजमनले दिएको कर्णर बललाई हेडरमार्फत युमिटीले जाली चुमाएपछि फ्रान्स १–० ले विजयी हुँदै विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

अब इङ्ल्यान्ड र क्रोएसियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग जुलार्इ १५ मा फ्रान्सले मस्कोमा भिडन्त गर्नेछ । बेल्जियमले भने तेस्रो स्थानका लागि खेल्नेछ ।