तेश्रो स्थानका लागि अाँज बेल्जियम र इंग्ल्यान्ड भिड्दै

प्रकाशित मिति : : शनिबार, असार ३०, २०७५

England-VS-Belgium -akhabardainik

काठमाडाैँ,असार ३० ।  विश्वकप फुटबल अन्तर्गत अाज शनिवार तेश्रो स्थानका लागि हुने खेलमा बेल्जियम र इंग्ल्यान्ड भिड्दैछन्।

सेमिफाइनलमा बेल्जियम फ्रान्ससँग र इंग्ल्यान्ड क्रोएसियासँग पराजित भएका थिए । यसअघि समूह जी को अन्तिम खेलमा यी दुई टोली भिडेका थिए। जसमा बेल्जियम विजयी भएको थियो।

खेल नेपाली अनुसार पौने ८ बजे हुनेछ । क्रेस्टोभस्काई स्टेडियममा शनिबार इंग्ल्याण्ड र बेल्जियम तेस्रो स्थानको लागि भिड्दा यो खेल फाईनल जतिनै रोमाञ्चक हुने अनुमान गरिएको छ । इंग्ल्ण्याड २८ वर्ष पछि तेस्रो स्थानको लागि भिड्न लाग्दा बेल्जियम ३२ वर्ष पछि तेस्रो स्थानको लागि भिड्दैछ ।

रुस विश्वकपमा फाइनलमा स्थान बनाउन नसकेपनि बेल्जियमकालागि इतिहास कोर्ने अर्को ठूलो अवसर रहेको छ। शनिवारको खेलमा इंग्ल्याण्डको युवा टोली विरुद्ध खेल्दा बेल्जियम समूह चरण अन्तर्गतकै नतिजा पुनः दोहो¥याउदै पहिलो पटक तेश्रो स्थानको स्वाद चाख्न चाहन्छ। यसअघि सेमिफाइनल अन्तर्गतको खेल पहेंलो कार्डका कारण गुमाएका बेल्जियमका थोमस म्युनियर शनिबारको खेलमा भने उपस्थित रहने छन्।