पूर्वस्वास्थ्य राज्यमन्त्री आलमको निधन, प्रधानमन्त्री द्वारा अन्तिम श्रद्धाञ्जलि अपर्ण

प्रकाशित मिति : : शनिबार, असार ३०, २०७५

काठमाडाै,असार ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वस्वास्थ्य राज्यमन्त्री मो मुस्ताक आलमको उपचारका क्रममा गंगालाल हृदय केन्द्रमा शुक्रबार निधन भएकामा दुःख व्यक्त गरेका छन् ।
उनले दिवंगत आलमप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोकसंतप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ आलमको निधन भएको हो । ५३ वर्षीय आलमलाई बिहीबार गृहजिल्ला रौतहट गएको बेला हृदयाघात भएको थियो । त्यसलगत्तै उनलाई उपचार गर्न बाँसबारीस्थित गंगालाल अस्पतालमा ल्याइएको थियो ।