प्रियंका र आयुष्मानले गरे सुटुक्क इन्गेजमेन्ट

प्रकाशित मिति : : आइतवार, असार ३१, २०७५

पछिल्लो समय निकै चर्चामा रहेको नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले शनिबार सुटुक्क इन्गेजमेन्ट गरेका छन् । दुइको इन्गेजमेन्टमा उनीहरुको परिवारमात्र सहभागी थिए ।

मिडियालाई थाहा नदिई इन्गेजमेन्ट गोप्य बनाउने योजना गरिएको थियो । उनीहरुको इन्गेजमेन्टमा कार्की र देशराज परिवार मात्र उपस्थित थिए । तर, आयुष्मानकी आमा रविना देशराज जोशीको इन्स्टाग्रामबाट तस्बिर बाहिरिएको छ । इन्गेजमेन्टको टिकाटाले गर्दै गर्दा दुबैको परिवार खुशी देखिएका छन् ।

प्रियंका र आयुष्मानको प्रेम मात्र हो, बिहे गर्दैनन् भन्नेहरुका लागि इन्गेजमेन्टले मुख थुनिदिने पक्का छ । रविनाले प्रियंकाको पछाडि जोशी समेत थपिदिएकी छिन् । उनीहरुले बिहे कहिले गर्छन्, पक्का भएको छैन । यो बिषयमा नायिका कार्कीसँग वुझ्न खोज्दा उनको फोन उठेन ।