आठ अंकले बढ्यो शेयर बजार

प्रकाशित मिति : : आइतवार, असार ३१, २०७५

काठमाडौँ, ३१ असार । बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर मापक नेप्से परिसूचक ८।११ बिन्दुले बढेर एक हजार २०० बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १।७६ बिन्दुले उकालो लागेको छ । कूल १७० कम्पनीको छ लाख ६७ हजार ४३४ कित्ता शेयर रु १९ करोड ३८ लाख २६ हजार ४१० मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार नेप्से परिसूचक बढे पनि कारोवार रकम भने आज बढ्न सकेन । बीमा ४३।४९, होटल ४०।६६ र उत्पादन समूह ९।३८ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ७।८५, व्यापार ०।१७, विकास बैंक ७।७१, जलविद्युत् १०।७८, अन्य १।९ र माइक्रोफाइनान्स समूह ६।५५ बिन्दुले बढ्दा वित्त क्षेत्र भने १।५७ बिन्दुले घटेको छ ।