सीडीओका पत्नी स्वकीय सचिव !

प्रकाशित मिति : : सोमवार, असार ३२, २०७५

धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालप्रसा पराजुलीले जनकपुरमा कार्यभार सम्हालेको झन्डै तीन महिना भयो । उनका स्वकीय सचिवका रुपमा निजामतीबाट शिवचरणले काम गर्दै आएका छन् ।

तर, सीडीओ पराजुलीले स्वकीय सचिवको रुपमा पत्नी सुषमालाई पनि नियुक्त गरेको पाइएको अन्नपूर्ण पोष्टको प्रदेश २ पृष्ठमा अली असगर देवानले लेखेका छन् ।

रौतहटका सीडियो गोविन्दप्रसाद रिजालसँग पनि एक सरकारी कर्मचारी स्वकीय सचिवका रुपमा कार्यरत् छन् । तर, सीडीयो रिजालले करारतर्फ स्वकीय सचिवका रुपमा भाइ वासुदेव रिजाललाई नियुक्ति दिलाएका छन् ।

सप्तरीका सीडीओ सुरेन्द्र पाडैलले स्वकीय सचिव पदमा उचित मान्छे राखिएको बताए पनि नाम नखुलाएको समाचारमा उल्लेख गरिएको छ ।

समाचारमा भनिएको छ, ‘सिरहा, सर्लाही, बारा, पर्सासहित अन्य जिललाका सीडीओको पनि अवस्था उस्तै रहेको छ । करारमा राखिने स्वकीय सचिवमा सीडीओले नातेदारलाई जागिर खुवाउने गरेका छन् । सकारले सीडीओका लागि एक सवीकय सचिव करारमा राख्न पाउने व्यवस्था गरेको छ ।